‘यतिवेला विदेशबाट पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्र थेगिएको छ ! अब केही समय धैर्य गर्नुहोस् विदेशबाट रेमिट्यान्स पठाउनेहरु नै नेपाल आउँदैछन् ! तिनको साथमा धेरैथोक हुनेछ -विदेशमा आर्जन गरेको ज्ञान, धन र एक्काइसौं शताब्दीको प्रविधि अनि विवकको सुटकेश ! साथमा संसारभरका मानिसहरुसँग स्थापित गरेको बलियो, गुणात्मक र विशेस सम्वन्धका वायरलेश नेटवर्कहरु !’ यी सब प्रयोग गरेर देश बनाउने अठोट, प्रतिज्ञा अनि प्रणको प्रक्षेपण हो जय स्वाभिमान !
यसको पहिलो अंकमा अष्ट्रेलियाबाट एक जना शक्तिशाली युवाको आवाज प्रस्तुत छ विश्वभरीका लागि । जसको प्रण छ ‘एक दिन नेपाली राजनीतिको नेतृत्व हामीजस्ता युवाहरुले गर्नेछौं र देशको परिवर्तनमा हाम्रो जोश, हाम्रो अध्ययन र हामीले विकास गर्दैगरेको विश्व्व्यापि सम्वन्धले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ !’ हेर्नुहोस् अनि तपाईं, तपाईंभित्रको नेपालीत्व र सेरोफेरोको शक्तिशाली सत्यहरुलाई खिचेर पठाउनुहोस् । हामी नियमित रुपमा यो आवाजलाई एकदमै शक्तिशाली बनाएर अघि बढ्ने प्रण गर्दछौं ।