देश छोडेर जोडेको सम्वन्ध यसरी काम लाग्दोरहेछ !
वंशलाल तामाङको जीवन बडा चाखलाग्दो छ । देशमा राजनीतिमार्फत् परिवर्तनका लागि सयौं कोशिशहरु गर्दागर्दै असहज परिस्थितीको सामना गर्नुपरेपछि देशबाट बाहिरिनु भएका उहाँले अमेरिका बस्दा जोड्नु भएको सम्वन्ध अहिले यसरी काम लाग्यो कि अमेरिकी जीवन छाडेर देश फर्किएपछि उहाँले आफू निर्वाचित सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका र अमेरिकाको न्यूज र्सी सिटीबीच भगिनी सम्वन्ध स्थापित गर्नु भएको छ ! र, यो कार्यका लागि समाजसेवी विष्णुमाया परियारको महत्वपूर्ण भूमिका सार्थक बनेको छ । बधाई यी दुवै पात्रलाई जसले देश र स्वाभिमान सम्झिए र कर्म गरे । जय स्वाभिमान !