आफ्नो देश भनेको त प्राण नै रहेछ ! अझ प्राणभन्दा पनि ठूलो ! जीवनको उतरार्धमा अमेरिकाको एक अस्पतालको बेडबाट देश खोजिरहनु भएका, देश छुन खोजिरहनु भएका पूर्व सीडीओ सा’पको मार्मिक कथा जय स्वाभिमानमा !
हजारौं नेपालीको नागरिकतामा उहाँको हस्ताक्षर सुरक्षित हुनुपर्छ । हजारौंले सम्झिन्छन् यो नाम र अनुहार : हेमराज सापकोटा । ३४ वर्ष अविराम देशको सेवा गरेर ‘रिटायर्ड लाइफ’क्रममा छोराबुहारी भेट्न अमेरिका आएका वेला यस्तो बिरामी पर्नुभयो कि उहाँलाई देश फर्किन सजिलो छैन गम्भीर स्वास्थ्यअवस्थाका कारण तर उहाँ हरपल-हरक्षण नेपालका सम्झनाहरुमा डढ्नु भएको छ ! ‘नेपाल जाने’ भन्ने आसाले नै उहाँलाई बाँच्न प्रेरणा दिइरहेको छ जस्तो लाग्छ ! अस्पतालको बेड पुगेर यो रिपोर्टिंग गर्दैगर्दा यस्तो लाग्यो कि देश भनेको त प्राण पो रहेछ ! हेर्नुस् त जीवनले के खोज्दोरहेछ……!