किसन रेग्मी, सञ्चारकर्मीको परिचयसहित अमेरिकाको टेक्सस्, हल्टन सिटीमा बस्नुहुन्छ । आठ वर्ष भयो अमेरिका आएको । जाउँजाउँ भन्दाभन्दै धेरै परिस्थिती मिलेन र नेपाल जान पाउनुभएन । उसैपनि नेपाल र आफ्नो जन्मथलो दाङ निकै नै मिस भइरहेको थियो । यसपालीचाहीँ नेपाल जान्छु र गाउँको प्रकृति, साथीभाइ, देशत्व, अरुअरु फ्ल्यासब्याकहरुसँग मज्जाले खेलेर आउँछु भन्दाभन्दै एक्कासी सिंगो विश्व नै महामारीको चपेटामा यसरी पर्यो सब बर्बादभएजस्तो भइरहेको छ । तर, आफू र परिस्थितीलाई सम्हाल्दै घरमै बसेर सुरक्षित रहने प्रयासका साथ उहाँले एउटा लेख लेख्नुभयो : बाँचेर देश टेक्ने रहर छ ।
रेग्मीको जस्तै परिस्थितीमा छन् आज लाखौंलाख नेपालीहरु जो परदेशमा छन्, छट्पटाइरहेका छन् र भनिरहेका छन् : बाँचेर देश टेक्ने रहर छ । हो, यतिवेला परदेशमा रहेका लाखौं नेपालीहरु आफू सुरक्षित रहेर यो महामारी काट्नसकें कत्तिनवेला नेपाल जाउँ, जन्मभूमि पुगौं प्रियतमा र सन्तानहरुसँग अंगालो मारौं, आमाबाबा भेटौं, आफन्तहरु भेटौं र आफ्नो जमिनमा टेकौं भन्ने परिस्थिती गुजारिरहेका छन् । हो, यही साझाभावलाई एक प्रतिनिधी यथार्थका रुपमा रेग्मीका अनुभूति अक्षरबाट दृश्य र आवाजमा जय जन्मभूमिको दोस्रो अंकस्वरुप यहाँ प्रस्तुत छ । जय स्वाभिमान