जीवनको धेरै हिस्सा नेपाली पत्रकारितामा बिताएका मानछिरिङ तामाङ चार वर्षदेखि अमेरिकामा हुनुहुन्छ । अनेकौं उतारचढावहरुबीच सहज भविष्यको जोहो गर्न अमेरिकामा श्रम गर्दै आउनुभएका तामाङ गत मार्च २२ मा एक्कासी बिरामी पर्नु भयो । रुघाखोकी र पूरै शरीर दुखेर बिरामी उहाँलाई बहिनीज्वाईं लुइसाङ वाइबाले मार्च २४ तारिख न्यूजर्सीदेखि न्यूयोर्क लिएर आउनुभयो । २६ तारिख अर्जेन्ट केयरमा कोभिड टेष्ट गराउनु भयो र त्यसको रिपार्ट नआउन्जेल सेल्फ क्वारेन्टाइनमा बसेर स्वास्थ्यको ख्याल गर्नुभयो । १५ औं दिनपछि कोभिड १९ टेस्टको रिपोर्ट आयो पोजिटिभ ! आत्मबल उच्च बनाएर परिस्थिती सामना गरिरहनु भएका उहाँलाई त्यस समयसम्म रुघाखोकी, ज्वरो ठीक भइसकेको थियो । झन् आत्मबलका साथ एक दिन पनि अस्पताल भर्ना नभई तामाङ कोरोनासंक्रमणबाट मुक्त हुनुभएको छ । कोरोनाभारसको विश्वमहामारीबीच संक्रमित भएर बाँचेकोमा उहाँलाई नयाँ जीवन पाएको अनुभूति भएको छ । र, यस्तोवेला झन् बढी मातृभूमिको यादले सताएको, आफन्तहरुको यादले पिरोलेको तामाङ बताउनुहुन्छ । र, जय जन्मभूमिको आजको अंकमा कोरोनाभाइरस संक्रमित भएपनि उच्च आत्मबल र विशेष स्वप्रयासबीच संक्रमणमुक्त हुनुभएका तामाङको अनुभव र जन्मभूमिप्यास प्रस्तुत छ