यादव देवकोटा सञ्चारकर्मको उज्ज्वल सम्भावना र उज्यालो नाम हो । गोरखा, नेपाल जन्मभूमि तर परिस्थितीवस् यतिवेला पोर्चुगलको लिस्बनमा बसोवास गर्नुहुन्छ । जीवनको उर्जाशील समय नेपाली पत्रकारितामा विताउनुभएका देवकोटा परदेशमा पनि नियमित सञ्चारकर्म गरिरहने थोरै नाममध्ये पर्नुहुन्छ ।
कोरोनाभाइरस्को विश्वब्यापि महामारीबीच जय स्वाभिमानले सुरु गरेको जय जन्मभूमि श्रृंखलाका लागि बोल्दै देवकोटाले विश्वव्यापि महामारीसँगै परदेशमा बसेर नेपाललाई धेरै ‘मिस’ गरिरहेको बताउनुभएको छ । भन्नुहुन्छ : दुःख बिसाउने आमाको काख र जन्मभूमिको साथ मदेखि कहिल्यै टाढा नहोस् । मलाई सवैभन्दा आनन्द त्यतिवेला हुन्छ जतिवेला म जन्मभूमिका काखमा शीर राखेर निदाउन पाउँछु । जय जन्मभूमिको चौथो अंकमा पोर्चुगलबाट यादव देवकोटा ।