यस्तो लाग्छ एक पाईला पनि यताउता नसारी यतिवेला सम्पूर्ण जीवन टक्क अडिएको छ ! पूरै विश्व नै कहीँकतै नचल्मलाइ टक्क स्थीर अडिएको छ ! त्यसमा पनि न्यूयोर्क, सवभन्दा स्तब्ध छ यतिवेला । विश्वमहामारी कोरोनाभाइरस (कोभिड १९) को इपिसेन्टर बनिरहेको न्यूयोर्कमा रहेका संसारभरका मानिसहरु स्तब्ध छन् । एकदम तिब्रगतीमा गुडिरहेको रेल एक्कासी आपतकालिन रोकिएझैं ! त्यहाँ रहेका नेपालीहरुको अवस्था पनि उस्तै छ जस्तो अरु नागरिकको । दैनिकी, जीवन, सपनाहरु सबै ‘पज’ भएका छन् । यस्तो वेला ४० दिनदेखि बन्द कोठाभित्र आफूलाई भाइरसबाट सुरक्षित राख्ने प्रयास गरिरहेका तर नेपालमा रहेको परिवार, आफन्त अनि देशकै सम्झनाले ‘गलेका’ एक जना सक्रिय सञ्चारकर्मी अनिल अधिकारीको यो आवाज ‘न्यूयोर्क अपडेट’ र नेपालको सम्झनामा केन्द्रित छ ।