शायद, यसपछि एउटा ठूलो आँधी बोकेर संसारभरबाट हजारौं-लाखौं नेपालीहरु स्वदेश फर्किनेछन् तर फेरि पनि नेपालमा सत्तालिप्साको उही फोहोरी खेल किन मञ्चन भइरहेको छ ? पिएचडी अन्तिम वर्षमा अध्ययनरत सुवास अधिकारी, चीन, बेइजिङबाट बोल्दै जय जन्मभूमिको सातौं अंकमा !
विश्व नै महामारीको सन्त्राशमा छ । र, यतिवेला विश्वभर छरिएर रहेका नेपाली सन्तानहरु गहिरोगरी आफ्नो जन्मभूमि सम्झिरहेका छन् । शायद, यसपछि एउटा ठूलो आँधी बोकेर संसारभरबाट हजारौं लाखौं नेपालीहरु स्वदेश फर्किने सम्भावना नजिक ल्याइरहेका छौं हामी । ठीक यति नै वेला नेपालमा चाहीँ यस्तो फोहोर राजनतिक अभ्यास चलिरहेको छ कि स्वदेशविदेशका सारा नेपालीमा चरम आक्रोश र डरलाग्दो जोश बढिरहेको छ । यसै परिवेशका एक विम्बको नाम हो चाइनिज एकेडेमी अफ साइन्सेसमा पिएचडी अन्तिम वर्षमा अध्ययनरत सुवास अधिकारी । अध्ययनका क्रममा परदेशमा रहेको एउटा नेपाली सन्तान विश्वमहामारीबीच उच्चसम्मानका साथ जन्मभूमि सम्झिरहेको छ तर जन्मभूमिमाथि चलिरहेको स्वार्थ र सत्ताको खेल सम्झिएर उकुसमुकुस मशसुश गरिरहेछ । सुवास एक साझा विम्ब र पात्रको नाम हो यतिवेला । विदेशमा सिकेको शिक्षा र सिप नेपाल फर्केर त्यहीँको माटोमा पोख्ने संकल्प लिएका लाखौं सुवासहरुको साझा कथा हो यो, आखिर नेपालमा सत्तालिप्साको यो घिनलाग्दो खेल कहिलेसम्म चलिरहन्छ र कहिलेसम्म नेपालीहरु यसरी छट्पटाइरहनुपर्ने हो ? चीन, बेइजिङबाट बोल्दै जय जन्मभूमिको सातौं अंकमा सुवास अधिकारी ।