टीकापुर कैलालीका आनन्द शाह पाँच वर्षदेखि संयुक्त अरब इमिरेट्समा हुनुहुन्छ । आफूजस्तै परदेशमा रहेका नेपाली युवाहरुको व्यथा सम्झिएर शाह भन्नुहुन्छ ‘यतिवेला जसरी पनि आफूलाई सुरक्षित राखेर नेपाल फर्काउन चाहन्छु । यही आशा छ कि बाँचेर, हाँसेर देश फर्किन पाउँ । माटो सम्झिएर छट्पटाइरहेको छु । चाँडोभन्दा चाँडो यो महामारी सकिए देश फर्किन हुन्थ्यो यही प्रार्थना छ यतिवेला ।’ जय जन्मभूमिको आठौं अंक यूएईबाट आनन्द शाहको साथमा ।