नेपाली राजनीतिमा एक फरक ‘युवाआशा’को नाम हो सुबुना बस्नेत । गत प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाण्डौ क्षेत्र नम्बर ४ का लागि विवेकशील दलका तर्फबाट उम्मेद्वारी दिनुभएको उहाँले नेपाली काँग्रेसका गगन थापासँग हार ब्यहोर्नुपर्यो । तर, जीवन एउटा चुनाव मात्र होइन । अरु धेरै चुनावहरु लड्नुछ सुबुनाले र अरु बलियो हुनुछ त्यसका लागि । हो, व्यक्तित्व र बौद्धिकतालाई थप बलियो बनाउन अनि जीवनको गरिमा र लाललित्यमा अनुभव थप्न सुबुना एक प्रतिष्ठित छात्रवृति प्राप्तगरी यतिवेला बेलायतमा राजनीति शास्त्र अध्ययनार्थ हुनुहुन्छ । कोभिड १९ माहामारीले विश्वलाई आक्रान्त परिरहेका वेला बेलायतमा सुबुनाको दैनिकी कसरी बितिरहेको होला ? अनि त्यहाँ रहेका नेपालीहरुको अवस्था कस्तो होला ? साथै विश्व माहामारीबीच सुबुनालाई यस्तो वेला नेपालमा हुनपाएको भए के गर्थेंजस्तो लागेको होला ? जय स्वाभिमान अभियानले थालेको जय जन्मभूमि श्रृंखलाको नवौं अंकमा सुबुना बस्नेत ।