हरिकृष्ण न्यौपाने कुबेतमा कर्मरत हुनुहुन्छ, सञ्चारकर्म एक लगावका रुपमा लामो समयदेखि अभ्यासरत न्यौपानेलाई यो विश्वमहामारीले केही गलाएको छ र गलाएको छ स्वदेशको सम्झनाले । यो बिपद्को अप्ठेरो वेला मात्र होइन हिजोका सहज दिनहरुमा पनि जन्मभूमिप्रति उत्तिकै आशक्ति र समर्पण राख्दै आउनु भएका न्यौपानेलाई यस्तो भइरहेको छ कि देशभित्र रहेको परिवार, आफन्त, साथीभाई र सम्झना पनि दुखिरहेको छ । अनि परदेशमा बितिरहेको भयपूर्ण पलहरु पनि ! देशभित्र पनि दुखिरहेछ देश, देशबाहिर पनि दुखिरहेछ देश ! यो विश्वमहामारीबीच मायाले दुख्दोरहेछ देश ! कुबेतबाट हरिकृष्ण न्यौपाने जय जन्मभूमिको १० औं अंकमा :