बितेको १२ देखि हामी यो अभियानमा छौं । आत्मनिर्भरता, स्वाभिमान र समृद्धितर्फको गन्तब्यतिर। यसबीच देशबाहिर रहेका लाखौं जन नेपालीलाई नेपालीत्वसँग जोड्ने कोसिश गरिरह्यौं । विदेशमा हाम्रा प्रभावकारी कर्महरु, जस्तो कि न्यूयोर्कमा संयुक्त राष्ट्र संघको मुख्यालय अघिल्तिर पहिलो पटक नेपाली सिमा-रक्षाको माग गर्दै हामीले एक ऐतिहासिक कार्यक्रम र दबाब तयार गर्यौं । जस्तो कि, सिंगापुरमा हामीले नेपाली राजनीतिक परिवर्तनको बहस उठायौं र जापानमा आयोजित कार्यक्रममा हाम्रो सहभागितबीच देशत्व र स्वाभिमानको ज्वाला उठायौं । अष्ट्रेलियाका विभिन्न शहरहरुमा पुगेर हामीले स्वाभिमान र नेपालीत्वलाई उच्च बनाइराख्न कार्यक्रमहरुमार्फत् कोसिशहरु गरिरह्यौं । विभिन्न देशहरुमा हाम्रा सञ्जालहरु बनिरहेका छन् । देशभित्र हाम्रा आफ्नै आकास र बादलहरु छन् । हामी प्रत्येक गाउँ र शहरका प्रत्येकसँग उनीहरुको मन र हृदयमा राष्ट्रियता र स्वाभिमानको क्यानभास बनाइरहेका छौं ।
यही मिहिनेत, अथक प्रयासहरु र अविराम निरन्तर यात्राले अब नयाँ स्वरुप धारण गरिरहेको छ । हामी अब संसारभरबाट एउटै आवाजमा भन्नेछौ जय स्वाभिमान । यो स्वाभिमानको आवाजले अब केही निर्माण र केही विनिर्माण गर्नेछ । जुनकुनै भूगोल, स्वदेश वा विदेश जहाँ हुनुहुन्छ अब छिटै आफ्ना समूहहरु बनाउन तयार रहनुहोस् र बोल्न थाल्नुहोस् स्वाभिमानका विषयहरु, लेख्न थाल्नुहोस् आत्मनिर्भरताका उजाड कथाहरु, भन्न थाल्नुहोस् दिन्दिनै जनता बेचिएका यथार्थहरु ! हामी स्वाभिमानसाथ दबाब सिर्जना गरौं । यही उदेश्यखातिर हामी आन्तरिक तयारीमा छौं र अब छिटै स्वाभिमान र समृद्धिलक्षित विश्व सम्मेलनको घोषणा हुन गइरहेको छ । यहाँले आफ्नो सहभागिता जनाउनैपर्ने केही विशेष कारणहरुसहित स्वभिमान समूह र नागरिक समूहहरुले क्रमश सूचनाहरु प्रवाह गर्दै जानेछन् । यसको लागि केही प्रतीक्षा गर्नुपर्नेछ तर तपाईं हामीसँग जोडिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना [email protected] मा आफ्नो नाम, ठेगाना र सम्पर्क इमेल तथा फोन नम्बर छोड्न सक्नुहुन्छ । जय स्वाभिमान ।